अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि
दोहा । अर्जेन्टिनालाई तेस्रोपटक विश्वकप फुटबलको उपाधि प्राप्त भएको छ । निर्धारित तथा अतिरिक्त समयमा पनि तीन/तीन गोलको बराबरी भएपछि पेनाल्टीका आधारमा भएको अन्तिम निर्णयमा फ्रान्सलाई हराउँदै आर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको हो।
पेनाल्टीमा आर्जेन्टिनाले चार गोल गरेको थियो भने फ्रान्सले दुई गोल मात्र गर्न सफल भयो । कतार विश्वकपको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको थियो । आर्जेन्टिनाका तर्फबाट खेलको पहिलो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै लियोनेल मेस्सीले प्रथम गोल गरेका थिए । त्यसपछि डी मारियोले गरेको दोस्रो गोलसँगै आर्जेन्टिनाले दोस्रो हाफसम्म अग्रता लिएको थियो।
तर खेलको निर्धारित समय सकिने अवस्था आउनै लागेका बेला फ्रान्सका किलियान एम्बाप्पेले दुई गोल फर्काएपछि खेल बराबरी भएको थियो । निर्धारित समयमा खेल बराबरी भएपछि थपिएको समयमा मेस्सीले थप एक गोल गरे भने फ्रान्सका लागि पनि एम्बाप्पेले एक गोल फर्काए । आइतवार भएको फाइनल खेलसँगै कतारमा जारी विश्वकप फुटबल पनि सकिएको छ। चार वर्षअघि रुसमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सलाई आर्जेन्टिनाले उपाधि दोहोर्याउनबाट रोकेको हो ।
सन् २०१८ मा फ्रान्सले क्रोएशियालाई २ का विरुद्ध ४ गोलले हराउँदै जित हासिल गरेको थियो । संयोगवश यसपालि आर्जेन्टिनाले अघिल्लो विश्वकपको उपविजेता क्रोएशियालाई सेमिफाइनलमा शून्यविरुद्ध ३ गोलले हराउँदै फाइनल पुगेको थियो । आइतवार कतारको लुसैल रङ्गशालामा आर्जेन्टिनाले फ्रान्सलाई हराउँदै ३६ वर्षपछि विश्वकपको उपाधि हासिल गरेको हो । योसँगै उसले फ्रान्सलाई ६० वर्षपछि पुरुषतर्फको विश्वकपको उपाधि दोहोर्याउने राष्ट्र बन्नबाट रोकेको छ।
यसअघि इट्लीले सन् १९३४ र सन् १९३८ मा अनि ब्रजिलले सन् १९५८ र सन् १९६२ मा लगातार विश्वकप जितेका थिए । यसअघि आर्जेन्टिनाले सन् १९७८ मा आफ्नै गृहमैदान र सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा उपाधि जितेको थियो । यस पटकको विश्वकपको फाइनल खेललाई लियोनेल मेस्सीविरुद्ध किलियान एम्बाप्पेको रूपमा हेरिएको थियो । फाइनल खेलसम्म आइपुग्दा आर्जेन्टिनाका कप्तान मेस्सी र फ्रान्सका कप्तान एम्बाप्पे दुवै प्रतियोगितामा सबैभन्दा धेरै गोल प्रहार गर्ने खेलाडी बनेका थिए । त्यसले गर्दा पनि अन्तिम खेललाई उनीहरूबीचको प्रतिस्पर्धाका रूपमा हेरिएको थियो ।
मेस्सी र एम्बाप्पे दुवै फाइनलसम्म आइपुग्दा पाँचपाँच गोल गरेर गोल्डेन बुटका दाबेदार बनेका थिए । तर फाइनल खेलमा दुई गोल थपेर मेस्सी सात र एम्बाप्पेले तीन गोल थपेर आठ गोल गरी सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्न पुगेका छन् । एम्बाप्पेले सन् २०१८ मा रुसमा सम्पन्न खेलमा पनि विश्वकपको उपाधि उचालेका थिए । तर व्यक्तिगत रूपमा व्यापक सफलता पाएका मेस्सीले यसअघि विश्वकपको उपाधि जित्न सकेका थिएनन् । फाइनल खेलमा पराजित भएसँगै फ्रान्सको तेस्रोपटक विश्वकप जित्ने सपना पूरा हुन पाएन। योसँगै उक्त देश विश्वकप फुटबलको उपविजेता बनेको छ।–बीबीसी
Comments
अरु समाचार
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...