ताजा समाचार

सभामुखको अधिकार कटौतीको विपक्षमा पूर्वसभामुख ढुंगाना

काठमाडौं । सभामुखको अधिकार कटौतीको विरोधमा पूर्वसभामुख दमननाथ ढुंगानाले पनि असंतुष्टि जनाउनु भएको छ । ढुंगानाले सभामुखको अधिकार कटौती गरेर लोकतन्त्र संस्थागत हुन नसक्ने पनि जनाउनु भएको छ । ‘सभामुख एउटा पार्टीको भयो, अर्को पार्टीलाई सभामुखको अधिकार कस्नु पर्‍यो, फेरि अर्को पार्टीको होला , सभामुखको अधिकार फराकिलो पार्नुपर्‍यो’, ढुंगानाले ट्वीट गरेका छन्, ‘यस्तो सोचसमझ व्यवहारबाट लोकतन्त्र कहिले संस्थागत होला र?’

प्रतिनिधि सभा नियमावलीको मस्यौदामा सभामुखको अधिकारमा कार्यव्यवस्था समितिको परामर्शका नाममा अंकुश लगाउन खोजिएको छ । सभामुखको अधिकार कटौतीको विपक्षमा प्रतिनिधि सभामात्र होइन राष्ट्रि सभाका सांसदहरु समेत उभिएका छन् । राष्ट्रि सभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गलत भएको टिप्पणी गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org