प्रधानमन्त्री कप : फाइनलमा पुग्न नेपाल र भुटान प्रतिस्पर्धामा
काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज नेपाल र भुटान खेल्दैछन् । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।समूह चरणको यो अन्तिम खेलबाट फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।
आजको खेलमा नेपाल दुई गोलअन्तरले पराजित भए पनि फाइनलमा पुग्नेछ । भुटान फाइनलमा पुग्न नेपालसँगको खेलमा ऐतिहासिक जित आवश्यक छ । त्यसमा समीकरण पनि भुटान अनुकूल बन्नुपर्नेछ । बराबरी भए या जितेमा नेपाल फाइनलमा पुग्नेछ ।
आजको खेलमा फाइनल पुग्ने टोलीले उपाधिका लागि शुक्रवार लाओससँग खेल्नेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको थियो । त्यस्तै शनिवार भएको खेलमा लाओसले भुटानलाई २–१ गोलले हराएको थियो ।
लाओसले २ खेलमा ३ अंक तथा नेपालले एक खेलमा ३ अंक जोडेको छ । भुटानले अंक जोड्न सकेको छैन । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको प्रतियोगितामा घरेलु टोली नेपालसहित भुटान र लाओस सहभागी छन् ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
काठमाडौं । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने...
-
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
काठमाडौं । ‘जय ट्रफी मेन्स एलिट कप–२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ । बागमती प्रदेश क्रिकेट सङ्घले...
-
टी-२० वरीयता अपडेट: अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२४ को अन्तिम खेलाडी वरीयता सार्वजनिक गर्दा नेपाली खेलाडीको अवस्थामा खस्किएको छ । आईसीसीले...
-
मदन भण्डारी इन्डो नेपाल भलिबल प्रतियोगिता आजदेखि
काठमाडौं । मदन भण्डारी इन्डो नेपाल रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद...
-
म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार
काठमाडौं । सोमबार राति ओल्ड ट्रायफोर्डको घरेलु भूमिमा भएको इङ्लिस प्रिमियर सिपको खेलमा न्यु क्याशल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २–० ले...
-
भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको जित
काठमाडौं । भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको प्रभावशाली जित निकालेको छ। मेलबर्नमा पाँचौ तथा अन्तिम दिन सोमबार १८४ रनको जित निकाल्दै...
-
प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने,खेलतालिका सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका...
-
खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने : मन्त्री चौधरी
काठमााडैं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने बताएका छन् ।...
-
करातेमा नेपाललाई पहिलो स्वर्णपदक
काठमाडौं । भारतको महाराष्ट्रको पुणेमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले...