ताजा समाचार

‘प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्षभन्दा तल राख्ने प्रस्ताव संविधानविपरीत’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानन्यायाधीशलाई मर्यादाक्रममा सभामुख र राष्ट्रियसभाको अध्यक्षभन्दा तल राख्ने कार्य संविधानविपरीत भएको टिप्पणी गर्नु भएको छ । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मर्यादाक्रमका विषयमा उहाँले आफ्नो धारणा सार्वजनिक गर्नु भएको हो ।

कोइराला लेख्नु  हुन्छ, ‘मर्यादाक्रममा प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्षभन्दा तल राखेर प्रस्ताव गरिएको विधेयक संविधानविपरीत छ। संविधानको धारा २८४ ले प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षभन्दा माथि मर्यादाक्रममा राखेको छ। अन्य लोकतान्त्रिक मुलुकहरुमा पनि प्रधानन्यायाधीशको मर्यादाक्रम यही अनुरुप छ।’

नेता कोइरालाले संविधान निर्माणका समयमा तत्कालीन माओवादीले न्यायालयलाई संसदीय समिति अन्तर्गत राख्ने प्रस्ताव राखेको स्मरण गर्नु भएको छ । उहाँले नेपाली कांग्रेसले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत जान हुँदैन भन्दै न्यायालयलाई स्वतन्त्र राख्नुपर्ने अडान राखेको स्मरण गर्नु भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org