बाँकी क्याम्पसको स्ववियु निर्वाचन छिटो गर्न अनेरास्ववियुको माग
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन बाँकी क्याम्पसहरूमा यथाशीघ्र निर्वाचन गराउन माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गरी आवश्यक सुरक्षा प्रबन्ध सहित निर्वाचन हुन बाँकी क्याम्पसमा निर्वाचन सम्पन्न गराउन माग गर्नुभएको हो ।
अनेरास्ववियुले निर्वाचन बिथोल्ने र प्राध्यापकहरूमाथि कुटपिट र दुर्व्यवहार गर्नेलाई कारबाही गर्न समेत माग गरेको छ । ‘राज्य संरक्षित भएर यस्ता खाले कानुन हातमा लिने हर्कत कायम रहे विश्वविद्यालय जोगाउन अनेरास्ववियु अप्रिय कदम उठाउन बाध्य हुनेछ, परिस्थितिले सिर्जित परिणामको जिम्मेवार स्वयम नेपाल सरकार हुनेछ’, अनेरास्ववियुले चेतावनी दिएको छ ।
त्रिभुवन विश्वविद्यालयको ६२ आङ्गिक क्याम्पस मध्ये ४५ आङ्गिक क्याम्पस र करिब ३ सय सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएर परिणाम आउँदा अनेरास्ववियु पहिलो भएको विज्ञप्तिमा उल्लेख छ । बाँकी क्याम्पसको पनि यथाशीघ्र निर्वाचन पक्रिया अघि बढाउन अनेरास्ववियुले माग गरेको छ ।
‘विश्वविद्यालयको स्ववियु निर्वाचन गर्न बाँकी आङ्गिक तथा सामुदायिक क्याम्पसमा निर्वाचन सम्पन्न गर्न सहजीकरण गर्ने उद्देश्यले अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको नेतृत्वले छलफल गरी विश्वविद्यालयको निर्वाचन निर्देशिका बमोजिम १० दिन भित्र निर्वाचन सम्पन्न गर्न आवश्यक सहजीकरण गर्न त्रिवि उपकुलपति समक्ष अनुरोध गर्नको निम्ति आवश्यक भेटघाटको समय माग उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटासँग बसिरहेको अवस्थामा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा आएको अराजक समूहले बैठक हल भित्र प्रवेश गरी उपकुलपतिसँग आउनुभएका त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख समेत रहनु भएका सहप्राध्यापक पशुपति अधिकारी माथि अपशब्द बोल्दै पानीको बोतल, सिसाका गिलास र कुर्सी प्रहार गरी दुर्व्यवहार गरेको घटना प्रति अनेरास्ववियु खेद प्रकट गरेको छ । पराजित मानसिकताबाट गरिएका यस्ता हर्कतले उक्त संगठनको निर्वाचन प्रतिको असलियत नाङ्गिएको छ’, विज्ञप्तिमा लेखिएको छ ।
Comments
अरु समाचार
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...
-
एकीकृत समाजवादी महाधिवेशनको तयारी सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई...