शुक्लाफाँटामा बढ्दै कृष्णसार
काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको सङ्ख्या बढ्दै गएको छ । विसं २०६९ मा ललितपुरको सदर चिडियाखाना र विसं २०७२ मा बर्दिया खैरापुरबाट ४२ कृष्णसार यहाँ स्थानान्तरण गरिएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर कृष्णसारको सङ्ख्या बर्सेनि उल्लेख्य मात्रामा वृद्धि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
गत शुक्रबार सम्पन्न भएको गणनाअनुसार कृष्णसारको सङ्ख्या बढेर दुई सय ५१ पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए । पछिल्लो गणनाअनुसार भाले वयस्क ६५ र पोथी वयस्क ८७ वटा कृष्णसार रहेका छन । पूर्ण वयस्क नभएका पोथीको सङ्ख्या २३ वटा रहेको छ भने पूर्ण वयस्क नभएका भाले कृष्णसारको सङ्ख्या २४ वटा रहेको छ । त्यसैगरी ५२ वटा पाठापाठी छन ।
‘गत फागुनमा गणना हुँदा कृष्णसारको सङ्ख्या दुई सय ३७ वटा रहेको थियो’, सहायक संरक्षण अधिकृत ऐरले भने, ‘चैत पहिलो साता सम्पन्न गणनामा यो सङ्ख्या बढेर दुई सय ५१ पुगेको छ ।’ उनले हिरापुर फाँटामा कृष्णसारका लागि पर्याप्त वासस्थान रहेको बताए ।
‘सन् १९६० मा अन्तिम पटक हिरापुर फाँटामा कृष्णसार देखिएपछि अन्यत्रबाट यहाँ स्थानान्तरण गरी यहाँ कृष्णसार ल्याइएको हो’, उनले भने, ‘सात दशमलव ७५ हेक्टर क्षेत्रफलबाट सुरुआत गरेको कृष्णसारको वासस्थान अहिले करिब ५९ वर्गकिलोमिटर पुगेको छ ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसारको सङ्ख्या बढ्न थालेपछि निकुञ्ज भित्रैकै अन्य स्थानमा पनि स्थानान्तरण गर्ने विषयमा अध्ययन भइरहेको छ । ‘यहाँ कृष्णसार बढ्दै छन्, यहाँबाट अन्यत्र स्थानान्तरणका लागि पनि छलफल भइरहेको छ’, उनले भने, ‘निकुञ्जभित्रै अन्य स्थानमा स्थानान्तरणका लागि पनि छलफल चलिरहेको छ ।’
केही वर्षयता उत्साहजनक ढङ्गले कृष्णसारको सङ्ख्या वृद्धि हुन थालेपछि कृष्णसार व्यवस्थापनका लागि छलफल भइरहेको हो । शुक्लाफाँटा रािष्ट्रय निकुञ्ज बाह्रसिङ्गाको प्रमुख वासस्थान हो । गत वर्षको राष्ट्रिय गणनाअनुसार यहाँ बाघको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्ष गरिएको राष्ट्रिय गणनामा यहाँ बाघको सङख्या ३६ पुगेको छ ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...