ताजा समाचार

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाण्डाैं । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ८ हजार रुपैयाँ रहेको सुनको भाउ आज लाख ९ हजार रुपैयाँमा पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय रुपेयाँमा पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org