ताजा समाचार

नेपाल एलडीसी ‘ग्लोबल कोअर्डिनेसन ब्युरो’ को अध्यक्ष चयन

काठमाडौँ । अतिकम विकसित मुलुकहरु (एलडीसी) अन्तर्गत ‘ग्लोबल कोअर्डिनेसन ब्युरोको नेपालले बुधबारबाट अध्यक्षता ग्रहण गरेको छ । यो जिम्मेवारी तीन वर्षको रहने न्युयोर्कस्थित संयुक्त राष्ट्र संघ (यूएन) का लागि नेपाली स्थायी नियोगले जनाएको छ ।

उक्त जिम्मेवारी सम्हालेपछि नेपाली राजदूत अमृतकुमार राईले नेपाल एलडीसी समूहको हित संरक्षण र प्रबर्द्धनका लागि सधै प्रयासरत रहने बताए ।

एलडीसीमा अहिले ४६ मुलुकहरु छन् । नेपालले सन् २०२६ पछि अतिकम विकासित मुलुकबाट माथि उक्लने घोषणा गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org