ताजा समाचार

कुनै खोट नभएकाले पाहुना भनेर गिज्याएका हुन् : स्वर्णिम वाग्ले

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्‍ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले खोट लगाउने कुनै पनि विषय नभएकाले आफूलाई पाहुना भनेर गिज्याएको दाबी गर्नु भएको छ ।

तनहुँमा शनिबार आयोजित कार्यक्रममा उहाँले आफूमाथि लगाउने कुनै खोट नभएकाले पाहुना भनेर गिज्याएको जनाउनु भयो । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तनहुँमा भएको चुनावी भेलामा वाग्लेप्रति लक्षित गर्दै पाहुनाको संज्ञा दिनु भएको थियो ।

गगनको जवाफ दिँदै स्वर्णिमले भन्नुभयो,‘अरू कुनै खोट लगाउने अवसर नपाएपछि फलानो त पाहुना हो कि भनेर अलिकति गिज्याउने, अलिकति होच्याउने गरेका छन्।’ नेपालको संविधानले हरेक नेपालीलाई जुनसुकै निर्वाचन क्षेत्रमा गएर काम गर्न सक्ने अधिकार दिएको उहाँको दाबी थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org