ताजा समाचार

हेली एभरेस्ट दुर्घटनाग्रस्त अवस्थामा , पाइलट जीवितै

काठमाडौं । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजे र १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो ।

हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको थियो ।

यद्यपि, हेलिकप्टरमा सवार पाइलट भने जीवितै फेला परेका छन् । विमानमा पाइलट श्री अधिकारी मात्र रहेको र उनी जीवितै फेला परेका थिए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org