ताजा समाचार

बहुराष्ट्रिय कम्पनी डाबर नेपालको व्यापार बढ्दो

काठमाडौं। बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिको व्यापारिक कारोबार बढ्दै गएको छ । उक्त कम्पनीले एकैवर्ष १३ अर्ब रुपैयाँ भन्दा बढीको व्यापार गरेको छ। सन् २०२०/२१ मा १० अर्ब ६९ करोड ५० लाख रुपैयाँको कारोबार गरेको डाबर नेपालले २०२१र२२ मा १३ अर्ब १ करोड ८० लाख रुपैयाँको व्यापार गरेको केयर रेटिङ्स नेपालले जनाएको छ। डाबर इन्डिया लिमिटेडको ९७।०५ प्रतिशत स्वामित्व डाबर नेपालमा छ।

डाबर, रियल, हाजमोला लगायतका लोकप्रिय एफएमसीजी प्रडक्ट डाबर नेपालले बिक्री गर्छ। डाबरले नेपालमा रियल ब्राण्डको जुस ४० वटा भेरियन्टमा बिक्री गरिरहेको छ। घरेलु तथा पर्सनल केयर सेग्मेन्टमा बाटिका ब्राण्ड निकै चर्चित छ।

डाबर नेपालले २०२१र२२ मा निर्यात पनि वृद्धि गर्न सफल भएको छ। अघिल्लो वर्षको तुलनामा निर्यात २० प्रतिशतले बढाउँदै ८ अर्ब २० करोड ५० लाख रुपैयाँ पुगेको छ। नेपालको कुल निर्यातको यो ४।१० प्रतिशत भएको रेटिङ विवरणमा उल्लेख छ। कुल बिक्रीको ५९ प्रतिशत डाबर नेपालले डाबर इन्डियालाई सामग्री निर्यात गरेर आर्जन गरेको हो।

डाबर नेपालले देशभर ३ सय भन्दा बढी वितरक तथा एक लाख रिटेलर पोइन्ट मार्फत आफ्ना उत्पादन बिक्री गर्छ। बलियो डिस्ट्रिब्युसन नेटवर्क र अनुभवी व्यवस्थापनका कारण कम्पनीको व्यापारमा वृद्धि भएको रेटिङ विवरणमा उल्लेख छ। कम्पनीको आम्दानीमा ७० प्रतिशत हिस्सा फुड सेग्मेन्टले ओगट्न सफल भएको छ। डाबर नेपालले ६ अर्ब ६० करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि केयर रेटिङ्स नेपालबाट एनपी एवान प्लस रेटिङ पुनस् पुष्टि गराएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org