चार वर्षपछि खुल्यो ताला
काठमाडौं । खप्तडछान्ना गाउँपालिका – ६ बयानामा विवादका कारण चार वर्षदेखि बन्द भएको बयाना बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । तत्कालीन पाटादेवल गाविसबाट रु दुई लाख ३१ हजार र गाउँपालिकाको १० लाखको लागतमा निर्माण गरिएको उक्त सेन्टर उद्घाटन नहुदै विवादका कारण बन्द भएको थियो ।
गाउँमा छलफल नै नगरेर जानकारी बिना नियम विपरीत बर्थिङ सेन्टर सञ्चालन गरेको र जग्गादातालाई कार्यालय सहयोगी राख्नुपर्ने माग राख्दै २०७६ कात्तिक महिनामासो सेन्टरमा तालाबन्दी गरिएको थियो । सञ्चालनको तयारीमा रहेको सेन्टरमा तालाबन्दी गरेपछि भौतिक तथा स्वास्थ्य सामग्री प्रयोगविहीन बन्नुका साथै सेन्टरको झ्याल ढोकासमेत तोडफोड भएका थिए ।
सेन्टर निर्माण भएपछि दुई दिन मात्रै सञ्चालनमा आयो । उद्घाटन र औषधि खरिद गरी सञ्चालनमा आएको सेन्टर तेस्रो दिनदेखि जग्गादाता झुरु थापाले ताला लगाउनुभएको थियो । निवर्तमान महिला सदस्य कृष्णादेवी थापाका अनुसार सेन्टर बन्द भएपछि गाउँका गर्भवती र सुत्केरी महिला मारमा परे ।
सेन्टर अलपत्र परेको र सुत्केरी महिलाको समस्या यथावत् रहेको गुनासो आएपछि गाउँपालिकाले सोमबार स्थानीयसँग समन्वय गरेर सञ्चालनमा ल्याउने निर्णय गरेको हो । सोमबार खप्तड छान्ना गाउँपालिका – ६ का वडाध्यक्ष तेजबहादुर खड्काको अध्यक्षतामा सेन्टर सञ्चालनको विषयमा छलफल गरिएको बताइएको छ । सेन्टर निर्माण गर्नुअघि जग्गादाताको घरबाट एक जनालाई कर्मचारी बनाउने सहमति भएकाले उक्त सहमति अनुसार नै जग्गादाता थापाको घरबाट एक जनालाई कर्मचारी बनाउने निर्णय गरिएपछि ताला खोलिएको गाउँपालिकाका उपाध्यक्ष विष्णु थापाले बताउनुभयो ।
उपाध्यक्ष थापा, सम्पूर्ण वडाका वडाध्यक्ष र स्थानीयवासीको रहोवरमा सेन्टर सञ्चालन गर्ने सहमति भएको वडाध्यक्ष तेजबहादुर खड्काले जानकारी दिनुभयो । गाउँमा सुत्केरी व्यथा लागेका महिलालाई बोकेर टाढा रहेको स्वास्थ्य संस्थामा लानुपर्ने बाध्यता रहेकोमा अब यो समस्या हट्ने बताइएको छ ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...