कतार र बहराइनबीच कूटनीतिक सम्बन्ध स्थापनाको सहमति
काठमाडौं । लामो समयदेखिको कूटनीतिक विवाद अन्त्य गर्दै आपसी सम्बन्ध पुनः स्थापना गर्न कतार र बहराइन सहमत भएका छन् । दवै देशले बुधवार अबेर उक्त घोषणा गरेका हुन् ।
सन् २०१७ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स र इजिप्टसँगै बहराइनले कतारमाथि एकै साथ कूटनीतिक नाकाबन्दी लगाएका थिए । खाडी क्षेत्रका चरमपन्थी सङ्गठनहरूलाई समर्थन गरेको र इरानसँग धेरै नजिक भएको आरोप लगाउँदै ती देशले कतारमाथि नाकाबन्दी लगाएका थिए । चारै देशले कतारी विमान र जहाजलाई आफ्नो हवाई र जलक्षेत्र प्रयोगमा पनि प्रतिबन्ध लगाएका थिए ।
साउदीमा रहेको खाडी सहयोग परिषद्को मुख्यालयमा भएको वार्तामा मेलमिलापसम्बन्धी सहमति भएको कतारको विदेश मन्त्रालयले जनाएको छ । कतारी विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी संयुक्त राष्ट्र सङ्घको बडापत्रको सिद्धान्तअनुसार दुई देशबीचको कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने निर्णय भएको जनाएको हो ।
द्विपक्षीय सम्बन्ध विकासका साथै खाडी राष्ट्रबीचको एकता र एकीकरण बढाउने आपसी चाहना अनुसार दुवै देशबीच उक्त सहमति भएको कतारी विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । बहराइनको विदेश मन्त्रालयले पनि त्यस्तै आशयको वक्तव्य जारी गरेको छ ।
एक अर्काका कट्टर प्रतिद्वन्द्वी साउदी र इरानले सम्बन्ध तोडेको सात वर्षपछि गत महिना औपचारिक रूपमा सम्बन्ध पुनः सुरु गर्न सहमति जनाएपछि कतार र बहराइनबीच पनि मेलमिलाप भएको हो ।
जनवरी २०२१ मा भएको एक मेलमिलाप सम्झौताअनुसार बहराइन बाहेक तीनवटै देशले कतारसँग सम्बन्ध नवीकरण गरिसकेका छन् । यद्यपि संयुक्त अरब इमिरेट्स र कतारले एक अर्काका राजधानीमा आफ्ना राजदूतावास खोलेका छैनन् ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...