ताजा समाचार

रोकिएन आन्दोलन, मार्च पाससहित धर्नामा बस्दै मिटरब्याज पीडित

काठमाडौं । काठमाडौंमा न्यायका लागि संघर्ष गरिरहेका मिटर ब्याजपीडितले आज शनिबार पनि मार्चपास गरेर धर्ना पनि दिने भएका छन् । महोत्तरीसहितका जिल्लाबाट राधानी आएका उनीहरुले आन्दोलन जारी राखेका हुन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति नेपालको अगुवाइमा पीडितले शनिबार दिउँसो साढे १२ बजे शान्तिबाटिकामा मार्चपाससहित धर्ना दिन लागेको हो ।

सरकारले आफूहरुको माग सम्बोधन गर्न नचाहेको भन्दै वार्ता भंग गरेर संघर्षमा उत्रिएकाहरुले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, कीर्ते लिखत खारेज गर्नुपर्ने, हडपेको जमिन फिर्ता गराउनुपर्नेलगायतका माग राखेर काठमाडौं केन्द्रित संघर्ष गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org