ताजा समाचार

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ३१ दशमलब ६८ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव २६ अङ्कले ओरालो लागेर तीन सय ६७ दशमलव ७३ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा बृद्धि हुँदा नौ उपसमूहको शेयर मूल्यमा भने बृद्धि भएको छ ।

कारोबार भएका ७० कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय ३९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । कूल ३० लाख ५६ हजार सात सय ७५ कित्ता शेयर रु ९७ करोड ४५ लाख ९९ हजार ६१ मूल्यमा खरिद बिक्री भएका छन् ।

एनआइसी एशिया बैंक रु तीन करोड ६४ लाख ९८ हजार सात सय ५०, शिवम् सिमेन्ट रु ३ करोड १७ लाख २० हजार सात सय सात , हिमालयन डिस्टिलरी रु २ करोड ७९ लाख ९४ हजार चार सय ५५ र सगरमाथा जलविद्युत् कम्पनी रु दुई करोड ७२ लाख ३३ हजार एक सय ६५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आर्दश लघुवित्त, मैलुङ हाइड्रोपावरको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले उकालो लाग्दा कालिञ्चोक दर्शन लिमिटेड नौ दशमलव ९८, तारागाउँ रिजेन्सी होटल सात दशमलव ४३ र धौलागिरी लघुवित्तको शेयर मूल्य पाँच दशमलब ६४ प्रतिशतले घटेको छ ।

त्यस्तै, एशियन हाइड्रोपावर सात दशमलव ८३, सगरमाथा जलविद्युत् कम्पनी छ दशमलव ७६, आरबीबी म्युचुअल फण्ड एक पाँच दशमलव १३, माहुली लघुवित्त चार दशमलव ५९ र गरिमा विकास लघुवित्तको शेयर मूल्य चार दशमलब ४२ प्रतिशतले घटेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org