ताजा समाचार

कोरना अपडेट: ९९ जना नयाँ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार छ सय चार जनाको नमुना परीक्षण गर्दा ९९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यही अवधिमा ५० जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच कोरोना सङ्क्रमण बढ्दै गएको र सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पनि बढेकाले सतर्कता उपनाउन डाक्टरहरूले सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा। शेरबहादुर पुनले अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरू स्वास्थ्य जाँच गर्न आइरहेका तथा अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरू बढेका बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org