ताजा समाचार

फ्रान्सद्वारा सुडानमा रहेका नागरिकको उद्धार शुरु

काठमाण्डौं । फ्रान्सले आफ्ना नागरिक र कूटनीतिक कर्मचारीलाई सुडानबाट निकाल्न थालेको छ । सुडानमा प्रतिद्वन्द्वी सेनाबीचको लडाइँ दोस्रो हप्तामा प्रवेश गरेको र स्थिति नकारात्मक बन्दै गएको पनि परराष्ट्र मन्त्रालयले आइतबार उल्लेख गरेको छ ।

मन्त्रालयले थप विवरण नदिई “द्रुत निकासी अभियान” शुरु गरेको र युरोपेली नागरिक र “सम्बन्धित साझेदार देश” का मानिसलाई पनि उद्धारकार्यमा सहयोग गरिने बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org