कञ्चनपुरमा प्रदेशस्तरीय कबड्डी
काठमाण्डौं । कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि सुदूरपश्चिम प्रदेशस्तरीय कबड्डी छनोट प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा सुदूरपश्चिमका नौ जिल्लाका खेलाडी सहभागी छन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश रावलले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
महेन्द्रनगरस्थित कभर्डहलमा रहेको कबड्डी प्रशिक्षण केन्द्रमा सञ्चालन भएको सो प्रतियोगिताबाट छनोट भएका खेलाडी काठमाडौँमा हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुने कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले जानकारी दिनुभयो ।
सोमबारमा छनोट प्रतियोगिता सकिनेछ । प्रतियोगिता उद्घाटन समारोहमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंह र कबड्डी सङ्घ कञ्चनपुरका अध्यक्ष महेश चन्दलगायतको उपस्थिति थियो ।
Comments
अरु समाचार
-
साविक उपाधि विजेता चेन्नेइलाई स्तव्ध पार्दै बेंग्लुरु आईपीएलको प्लेअफमा
काठमाडौं । चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ। गएराति...
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...