ताजा समाचार

तनहुँमा मतगणना जारी, स्वर्णिमको अग्रता

तनहुँ । हिजो आइतवार भएको उपचुनाव अन्तर्गत तनहुँ १ मा मतगणना सुरु भएको छ । रातिदेखि मतगणना सुरु भएको हो । अहिलेसम्म करिब ७ हजार मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिनुभएको छ ।

अहिलेसम्म ७ हजार ६८२ मत गणना हुँदा वाग्लेले ४ हजार ३०३ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १ हजार ९३३ र एमालेका सर्वेन्द्र खनालले १ हजार १९८ मत ल्याउनुभएको छ । तनहुँ १ मा हिजो भएको उपचुनावमा ६३ हजार ७ सय ५७ मत खसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org