पञ्जीकरण विभागले नियमविपरीत भित्तेपात्रो प्रकाशन गर्यो
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषद्को आदेश विपरीत भित्तेपात्रो प्रकाशन गरेको भेटिएको छ । मन्त्रिपरिषद्को आदेश विपरीत विभागले प्रकाशित गरेको भित्तेपात्रोमा अक्षय तृतीया पर्वमा त्रुटी भेटिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अक्षय तृतीया वैशाख १० गतेका लागि तोके पनि उक्त भित्तेपात्रेमा वैशाख ९ गते उल्लेख थियो ।
पात्रो प्रकाशन गर्नका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर विभागले समितिबाट स्वीकृति नलिइ भित्तेपात्रो प्रकाशन गरेको भेटिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । यस विषयमा गृह मन्त्रालयका अधिकारीसँग कुराकानी भएको पनि उहाँले बताउनुभयो ।
विभागका महानिर्देशक रुद्रप्रसाद पण्डित भित्तेपात्रो प्रकाशन गर्दा गम्भीर त्रुटी भएको भेटिएको भन्दै हाल उक्त भित्तेपात्रे वितरणमा रोक लगाइएको जानकारी दिनुभयो ।आफूखुसी भित्तेपात्रो प्रकाशन गर्दा तिथि, मिति, चाडपर्वमा फरक भएर विवाद आएपछि मन्त्रिपरिषद्को २०७७ साल पुस २० गतेको बैठकले नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति गठन आदेश स्वीकृत गरी पात्रो, भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गर्नेले समितिसँग स्वीकृत लिनुपर्ने व्यवस्था गरेको थियो ।
गठन आदेश २०७८ साल साउनमा नेपाल राजपत्रमा प्रकाशन भएको थियो । नेपाल राजपत्रमा समितिको गठन आदेश प्रकाशन भएपछि विसं २०७९ देखि प्रकाशन भएका सबै पात्रो, भित्तेपात्रो र गोजीपात्रोले समितिसँग स्वीकृति लिनुपर्छ । पात्रो प्रकाशित गर्दा समितिबाट लिइएको स्वीकृति नम्बर पनि उल्लेख गर्नुपर्छे व्यवस्था छ । यस वर्षदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा पात्रो, भित्तेपात्रो र गोजीपात्रो अनधिकृत रुपमा प्रकाशन भए÷नभएको अनुगमन गर्न समिति गठन भएको छ । समितिमा गृह मन्त्रालयका उपसचिवलाई पनि सदस्य राखिएको छ ।
विभागले भने भित्तेपात्रो प्रकाशनमा त्रुटी भएको भन्दै सुधार गरिने प्रतिबद्धता जनाएको छ । विभागले भित्तेपात्रो प्रकाशनका लागि अस्मि प्रिन्टिङ प्रेसलाई जिम्मा दिइएको थियो । प्रेसका डिजाइनर भूषण श्रेष्ठले नै तिथि, मिति, चाडपर्व राखेको बजार व्यवस्थापक विश्वराज केसीले बताउनुभयो । समितिले पुसमै पात्रोलाई स्वीकृति दिन्छ । माघ पहिलो सातासम्म पात्रो प्रकाशन भएर बजारमा जान्छ । तिनै पात्रो किनेर डिजाइनरले भित्तेपात्रोको डिजाइन बनाउँछन् ।
भित्तेपात्रोमा पात्रोकै जस्तो तिथिचाड पर्व सबै उल्लेख गरिए पनि त्यसको स्रोत भने राखिएको हुँदैन । भित्तेपात्रो प्रकाशक संस्था आफैँले ग्रहगणित गरेर राखे जसरी भित्तेपात्रोमा तिथि, चाडपर्व राख्दा बेलाबेलामा यस्तो समस्या आउने गरेको पञ्चाङ्गकार सूर्यनाथ पन्त बताउनुहुन्छ । पञ्चाङ्गकारले पात्रोबाट भित्तेपात्रोमा सबै सामग्री हुबहु सारिँदा समस्या भएको भन्दै आए पनि कमैले मात्र प्रतिलिपि अधिकारअन्तर्गत कारबाहीको माग गर्ने गरेका छन् ।
विभागले तीन हजार भित्तेपात्रो प्रकाशन गरेको जनाएको छ । विभागले स्थापना कालदेखि नै पञ्जीकरण, राष्ट्रिय परिचय पत्रलगायत जानकारीमूलक सूचना राखी भित्तेपात्रो प्रकाशन गर्दै आएको जनाइएको छ । यसअघि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी अनधिकृत रुपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण एवं अनुगमन गरी नियमन गर्न निर्देशन दिएको थियो । निर्देशन दिएको केही दिनमै मन्त्रालय अन्तर्गतकै विभागले अननिधकृत रुपमा भित्तेपात्रो प्रकाशन गरी गम्भीर गल्ती गरेको तथ्य पत्ता लागेको छ ।
समितिले गत वर्षदेखि नै अनधिकृत रुपमा प्रकाशन हुने गरेका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको अनुगमन गरी कारबाही गर्ने भनेपनि हुननसक्दा यस क्षेत्रमा मनपरी हुन थालेको छ । समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी नियम, कानुनको अभावमा काम गर्न नसकिएको स्वीकार गर्दै यसवर्षदेखि भने कारबाहीका लागि समितिको आन्तरिक व्यवस्थापन दिग्दर्शन मन्त्रालयले स्वीकृत गरेको बताउनुहुन्छ ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...