ताजा समाचार

चितवनमा रवि, तनहुँमा स्वर्णिम र बारामा यादवको अग्रता कायमै

काठमाडौ ।तनहुँ १ मा झन्डै आधा मतणना सकिएको छ। पछिल्लो मतपरिणमअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अन्य उम्मेदवारभन्दा बढी मत पाउनु भएको छ । अहिलेसम्म स्वर्णिम वाग्लेले १८ हजार ४६१ मत ल्याउनु भएको छ । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ‍ १० हजार ८४१ र एमालेका सर्वेन्द्र खनालले ६,०८८ मत प्राप्त गरेका छन् ।

उता, बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पछि पार्दै जनता समाजवादी पार्टीका उपेन्द्र यादवले अग्रता लिँदै हुनुहुन्छ । जसपाका यादवले १३९० मत ल्याउनु भएको छ । जनमत पार्टीका कुशवाहाले १३ सय १ मत ल्याउनु भएको छ । त्यस्तै नेकपा एमालेका पुरूषोत्तम पौडेलले ६ सय २९ मत ल्याउनु भएको छ । यसअघि जनमतका कुशबाहले अग्रता लिनु भएको थियो ।

यता, चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिँदै हुनुहुन्छ । पछिल्लो परिणामअनुसार लामिछानेले २,३३२ मत ल्याउनु भएको छ । उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले १,४२७ मत ल्याएर पछ्याइरहनु भएको छ । कांग्रेसका जितनारायण श्रेष्ठले १,०३१ मत ल्याउनु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org