ताजा समाचार

प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलन गर्ने अध्यक्ष घिमिरेको चेतावनी

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले तेस्रो दिन पनि बिरोध प्रदर्शन गरेको छ। आज मंगलबार नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै बिरोध प्रदर्शन गरको हो।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अविलम्व प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्। उनले आन्दोलन एक हप्तासम्म जारी रहने बताए।

उनले भने, ‘नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयमा अभियान सञ्चालन गरेको छ। नेपालको संवैधानिक परिषद्ले नेपालको प्रधानन्यायाधीश नियुक्ति गर्न सकेन वा गरेन, त्यसका कारणले हामी आन्दोलित छौँ। बार एशोसिएशनका ९० वटै बार युनिटमा आज कार्यक्रम भएको छ, एक हप्तासम्म जारी हुनेछ। त्यसपछि पनि समाधान आउन सकेन भने एक हप्तापछि पुनः नयाँ किसिमको आन्दोलन शुरु गर्नेछ।’

कानून व्यवसायीहरुले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्व गर, सर्वोच्च अदालत र सबै अदालतहरुमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org