ताजा समाचार

नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँले विजेता नेपाली टिमका खेलाडीहरुलाई शुभकामना दिनुहुँदै आजको यो जितले नेपाल र नेपालीको शिर उचो बनाएको र क्रिकेट खेलप्रेमीहरुलाई खुसी तुल्याएको जनाउनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले विजेता नेपाली टिम आगामी दिनमा पनि सफलता हात पार्दै अघि बढ्न सकोस् भनी कामना गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

आजको जितसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटका लागि छनोट भएको छ । आज सम्पन्न फाइनलमा युनाइेटड अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org