ताजा समाचार

राष्ट्रपति पौडेल र अख्तियार प्रमुख राईबीच भेट भएको खबर हल्ला मात्रै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बुधबार राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाबाहेक कसैसँग पनि भेटघाट नगरेको पाइएको छ । राष्ट्रपति पौडेलका प्रेस संंयोजक खिला कार्कीले बताएअनुसार अध्यादेश प्रमाणित गर्न सचिव कोइरालाबाहेक कसैसँग पनि राष्ट्रपति पौडेलले भेटघाट गर्नु भएन ।

विभिन्न सञ्चारमाध्यममा राष्ट्रपति पौडेल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राइबीच भेटघाट भएको खबर प्रकाशित भएपछि राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले त्यसको खण्डन गर्नु भएको छ । एक हप्तासम्म राष्ट्रपति पौडेलले स्वास्थ्य समस्याका कारण जनसम्पर्कमा रहेका कसैसँग पनि भेटघाट नगर्ने जनाउनु भएको छ ।

तर, राष्ट्रपति पौडेलले आज बुधबार अख्तियारका प्रमुख आयुक्त राईसँग भेट गर्नुभएको भनेर केही सञ्चारमाध्यममा प्रकाशित समाचार कपोकल्पित भएको प्रेस संयोजक कार्कीले न्यूज नेपाललाई जानकारी दिनु भयो । पूर्वनिर्धारित कार्यक्रमअनुसार भने अख्तियार प्रमुख राई र उपराष्ट्रपति रामसहाय प्रसाद यादवबीच शिष्टाचार भेटघाट भएको श्रोतले जनाएको छ । ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org