ताजा समाचार

मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाँदै

काठमाडौ। परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुनुहुने मन्त्रालयले जनाएको हो ।

भ्रमणका क्रममा उहाँ अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनुहुनेछ । परराष्ट्रमन्त्री साउद वैशाख २६ गते स्वदेश फर्कनुहुने तालिका छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org