ताजा समाचार

सर्वोच्चमा मुद्दा परेपछि रविको प्रतिक्रिया– घण्टीलाई बजाउन मात्र हैन, घण्टीले बजाउन पनि मिल्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकताको विषयलाई लिएर आफूलाई दिक्क बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताउँदै रविले यस कुराले आफूलाई गिजोल्ने र इरिटेट बनाउने काम भइरहेको बताएका हुन्।

रवि लामिछानेले माघ १५ गते पुन: प्राप्ति गरेको नेपाली नागरिकताको वैधतामाथि परीक्षण हुने भन्ने कुाराको खण्डन गर्दै उनले यस्तो बताएका हुन्।

सभापति लामिछानेले पुन:प्राप्ति गरेको नेपाली नागरिकता पनि अवैध रहेको दाबी गर्दै युवराज पौडेल ‘सफल’ले सर्वोच्चमा रिट निवेदन दिए पनि प्रशासनले दरपीठ गरेको थियो।

दरपीठविरुद्ध सफलले इजलासमा दिएको निवेदनमाथि सुनुवाइ गर्दै सोमबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो।

युवराजले लामिछानेले नागरिकता पुन:प्राप्ति गर्दा अवलम्बन गर्नुपर्ने कानुनी प्रक्रिया पूरा नगरेको जिकिर आफ्नो निवेदनमा गरेका छन्।

रविले आज सामाजिक सञ्जालमार्फत् आफूलाई इरिटेड बनाउनेहरूमाथि जाइलाग्ने खालको संकेत पनि देखाएका छन्।

‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ’, सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ।’

उनले आफूले नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसला अनुरूप अमेरिकी नागरिकता त्यागेको पुष्टि गरेको बताएका छन्। साथै, आफूले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौँमा पेस गरी नेपाली नागरिकता पुन:कायम गरेको बताउँदै यस विषयमा जोडेर धेरैँ इरिटेड नबनाउन आग्रहसमेत गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org