‘एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुखलाई फसाउने षड्यन्त्र हुँदैछ’
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुखलाई फसाउने योजना बनेको जनाउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस्तो कुरा बताउनु भएको हो । उहाँले बुधवार एकजना प्रहरी उच्चअधिकृत, गृहमन्त्री र प्रधानमन्त्रीबीच शंकास्पद भेटघाट भएको पनि जनाउनु भएको छ । आवश्यक परे आईजीपी फेरेर भएपनि एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुख राईलाई फसाउने षड्यन्त्र भएको बस्नेतको दाबी छ ।
वर्तमान आइजीपीलाई भूटानी शरणार्थी प्रकरणमा फसाएर भएपनि फेर्ने योजना बनेको, सोअनुसार माओवादी कार्यकर्ता र केही मिडियाले प्रचार गरेका पनि बस्नेतले जनाउनु भएको छ । यस्तै केशव दुलाललाई प्रहरी कस्टडीमा हुँदा पनि राजेश वज्राचार्य र प्रेम राईलाई टोपबहादुर रायमाझीको पीए लिला जीसीमार्फत पैसा दिएको जबर्जस्ती बयान गराइएको थियो भन्ने उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ । बस्नेत लेख्नुहुन्छ,’ केशव दुलाल र लीला जीसीबीच प्रहरीले भेटघाट गराउँदा एक अर्कामा नचिन्ने बताउँदै कुनै आर्थिक कारोबार नभएको बताएका थिए । तसर्थ उक्त बयानमा कुनै लेनदेनको कुरा उल्लेख गरिएन ।’
प्रहरीमा जाहेरी दिएका गजेन्द्र बुढाथोकी र आरोपी सन्देश शर्मा बीचको टेलिफोन कुराकानीको अडियोमा ६ करोड रुपैयाँ दिएको दाबी गरिएका मध्येका बालकृष्ण खाँण गिरफ्तार भएका छन् । तर मन्जु खाँण र आरजु देउवालाई भने छानबिनको दायरामा नराखिएको उहाँको टिप्पणी छ । बस्नेत भन्नुहुन्छ,’ तिनै केशव दुलाललाइ प्रहरीले पुनः सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा एमाले नेता रामबहादुर थापा , राजेश बज्राचार्य र प्रेम राईलाई पैसा दिएको कुरा बताए । उनी र सन्देश शर्माले नै अडियोमा नाम लिएका आरजु र मंजुलाई बचाएर बयान दिएका छन् । दुलालले नै पुलिसको बयानमा कुनै भीआईपी चिन्दिनँ पिडित भनिएका कसैसँग पैसा लिएको छैन, कसैलाई पैसा दिएको छैन, म आफू र केही साथी अमेरिका जान खोजेका हौं भनेका छन् ।’
सरकारी वकिलको कार्यालयमा उनले दिएको बयानमा बिभिन्न व्यक्तिलाई ८ करोड रुपैयाँ दिएको भनेका र आफू अमेरिका जान खोजेको कसैसँग पैसा नउठाएका मान्छेले ८ करोड दिने कुरा असम्भव भएको उहाँ बताउनु हुन्छ । दुलाल काँग्रेसको नेता हुन् । जाहेरीमा किटानी गरिएका अरुण रेग्मी र अन्यले पूर्वमन्त्री खाँण र पूर्वसचिवहरुलाई चिनेको छ भनेर पैसा मागेको छैन भनेका छन् । देउवाले बुधवार दिउँसो आफू निकटका व्यक्तिहरुलाई ढुक्क हुनु खाँण फस्दैनन् सबै सेटिङ्ग गरिसकेको छु भनेको बुझिएको पनि बस्नेतले फेसबुकमा लेखेको स्टाटसमा उल्लेख छ ।
बयानमा खाँणलगायतलाई बचाउने नियत प्रष्ट भएको जनाइएको छ । खाँणमार्फत काँग्रेसका एकजना सामान्य नेता जीतजंग बस्नेतले एक कार्यक्रममा भाषण गर्दा यो कुराको संकेत गरेका जनाइएको छ । यस्तै रविको पासपोर्टको विषयमा मुद्धा नचलाउने निर्णय गर्ने महान्याधिवक्ता दिनमणी पोख्रेल र उच्च प्रहरीको योजनामा यो बयान तयार गरिएको देखिएको पनि सामाजिक सञ्जालमा एमाले नेता बस्नेतले प्रष्ट पार्नु भएको छ । नेता बस्नेतले भूटानी शरणार्थी प्रकरणलगायतका षडयन्त्र चिर्न जरुरी भएको र यस्ता षड्यन्त्रको प्रतिवाद गरिने चेतावनी दिनु भएको छ ।
Comments
अरु समाचार
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
संसद् बैठक अपरान्ह ४ बजेसम्मलाई सारियो
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ ।सभामुख देवराज घिमिरेले कांग्रेससँग...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
आज ३१ औं मदन–आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । नेकपा (एमाले)ले आज बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवस मनाउँदैछ । एमालेका तत्कालीन...
-
प्रतिनिधिसभा बैठकः गृहमन्त्री लामिछानेले दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित...