ताजा समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा पूर्ण कार्यान्वयन हुने सम्झौता मात्र गर्छौं : मन्त्री साउद

काठमाडाैँ । परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताएका छन्।

प्रधानमन्त्री दाहाल यही जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा जाँदैछन्।

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनेसमेत उनले बताए।

भ्रमणका क्रममा व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग लगायतका विषयलाई अघि बढाइने मन्त्री साउदको भनाइ छ।

नेपालमा जलविद्युत उत्पादन बढाउने र उत्पादनमा भारतीय लगानी सुनिश्चित गर्ने कुरालाई भ्रमणका क्रममा मुख्य जोड दिइने उनको भनाइ छ।

‘नेपाल र भारत बीचमा घनिष्ठ मैत्रीपूर्ण सम्बन्ध रही आएको छ। यो भ्रमणमा हामीले दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउने कोसिस गर्नेछौँ र दुई देशबीचको समझदारीलाई पनि अझ बढाउँदै लैजाने हाम्रो प्रयत्न रहनेछ।’

मन्त्री साउदले सरकारले भारतसँग गरेका सम्झौताहरुको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरुको पूर्ण कार्यान्वयन हुने दाबी गरेका छन्। कार्यान्वयनको सुनिश्चित गर्न नसके भ्रमणमा भएका सम्झौताको कुनै अर्थ नरहने उनले बताए।

भ्रमणका क्रममा पञ्चेश्वर परियोजना निर्माणदेखि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपीआरलाई पनि अघि बढाउन प्रस्ताव राखिने बताए। भ्रमणमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँगका केही असमझदमारीलाई हटाउने बारे पनि छलफल हुने उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org