ताजा समाचार

नयाँ संसद भवनमा ग्रेटर नेपालको नक्सा राख्ने उपसभामुखको प्रतिबद्धता

काठमाडाैँ । उपसभामुख इन्दिरा रानामगरले सिंहदरबारभित्र बन्दै गरेको नयाँ संसद भवनमा मुलुकको प्राचिन नक्सा ‘ग्रेटर नेपाल’ राखिने बताएकी छिन।

रानामगरले हिजो निर्माणाधीन संसद भवनको अनुगमन तथा निरीक्षण गर्ने क्रममा उक्त धारणा राखेको बताइन्छ ।

नयाँ दिल्लीमा गत आइतबार उद्घाटन भएको भारतीय संसदको नयाँ भवनमा नेपाललगायत छिमेकी मुलुकका केही भूभाग समेटेर ‘अखण्ड’ भारतको नक्सा झुण्डाएपछि उहाँको उक्त धारणा बाहिर आएको हो ।

नयाँ दिल्लीस्थित संसद भवनमा झुण्डाइएको उक्त नक्साको सर्वत्र आलोचना भइरहेको छ ।

उनले भारतले नेपालको भूमि समेटेर नक्सा सार्वजनिक गर्नु अनुपयुक्त रहेको बताउँदै उपसभामुख रानामगरले त्यसको बदलामा नेपालले पनि बनाउँदै गरेको संसद भवनमा ग्रेटर नेपालको नक्सा राख्नुपर्ने उल्लेख गरेकी हुन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org