ताजा समाचार

ओडिशामा रेल दुर्घटना हुँदा २३३ यात्रुको मृत्यु, नौ सयभन्दा बढी घाइते

काठमाडौं । भारतको ओडिशा राज्यको बालासोर जिल्ला नजिकै भएको रेल दुर्घटनामा २२३ यात्रुको मृत्यु भएको छ ।

दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएका छन् ।

बीबीसीका अनुसार हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएर दुर्घटना भएको हो । अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर–हावडा सुपरफास्ट रेल पनि ठोक्किएको समाचारमा उल्लेख छ ।

भारतका रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org