ताजा समाचार

प्रतिनिधिसभामा आजबाट बजेटमाथि छलफल सुरु हुँदै

काठमाडौं । आजबाट संसदमा वार्षिक बजेटमाथि छलफल सुरु हुँदैछ ।

संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/०८१ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गरेका थिए ।

यस्तै बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

पूर्वमन्त्री मीना पाण्डको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org