ताजा समाचार

प्रतिनिधिसभा बैठक सञ्चालनमा ढिलाइ, सहमतिका लागि छलफल जारी

काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालनमा ढिलाइ भएको छ ।

संसद्का प्रतिपक्षी दलहरूले भारत भ्रमण पश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमाको विषयमा दिएको अभिव्यक्तिका कारण बैठक सञ्चालमा कठिनाइ भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर बैठक सञ्चालन गर्न नदिने तयारी गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको विषयमा पनि एमालेले आपत्ति जनाउँदै संसद् सञ्चालनमा अवरुद्ध गरेको छ ।

संसद् सचिवालयका एक पदाधिकारीका अनुसार सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन दलहरूसँग छलफल गरिरहेका छन् ।

“सभामुखले सहमतिको प्रयास गरिरहनुभएको छ । तर, प्रतिपक्षी दलहरू टसकोमस भएका छैनन्,” ती पदाधिकारीले भने । प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, बैठक सञ्चालनमा कठिनाई हुने भएपछि सहमतिको प्रयास भइरहँदा बैठक सञ्चालन हुन सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org