ताजा समाचार

प्रशिक्षक मोन्टीसँगै आज दक्षिण अफ्रिका प्रस्थान गर्दै सन्दीप

काठमाडौँ- नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने सोमबार राति दक्षिण अफ्रिका प्रस्थान गर्दैछन्।

क्यान स्रोतका अनुसार सन्दीप र प्रशिक्षक मोन्टी देशाई आज राति २ बजे कतार एयरवेजको फ्लाइटमार्फत् दक्षिण अफ्रिका जान लागेका हुन्।

देशाई भिसा समस्याका कारण गत मंगलबार टिमसँगै दक्षिण अफ्रिका जान पाएका थिएनन्।

तर उनको सबै प्रक्रिया पुरा भएकाले अब सन्दीप र मोन्टीसँगै दक्षिण अफ्रिका जान लागेका हुन्।

जिल्ला अदालतले बलात्कार आरोपमा मुद्दा खेपिरहेका सन्दीपलाई ‘अपवाद’का रूपमा लामो समय तारिख स्थगित गरेपछि उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो।

सन्दीपका कानुन व्यवसायीले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै सोही अनुसारको निवेदन दिएपछि लामो समयसम्मका लागि तारिख स्थगित गर्ने निर्णय भएको हो।अब सन्दीप प्रतियोगिताभर तारिख बुझ्नका लागि नेपाल फर्किनु पर्ने दबाबबाट मुक्त भएका छन्।

नेपालले दक्षिण अफ्रिकामा केही अभ्यास खेल खेल्ने कार्यतालिका रहेको छ। नेपाली टिम त्यतैबाट जिम्बाब्वे प्रस्थान गर्नेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org