अमेरिका, चीन र भारतसहित विश्वका झन्डै दुई दर्जन देशका गुप्तचर प्रमुखहरूको सिंगापुरमा गोप्य बैठक
काठमाडाैँ । अमेरिका, चीन र भारतसहित संसारका झन्डै दुई दर्जन देशका गुप्तचर प्रमुखहरूले सिंगापुरमा गोप्य बैठक गरेको खुलेको छ।
समाचार संस्था रोयटर्सका अनुसार सिंगापुरले आयोजना गरेको सांग्रिला डायलग भइरहेका बेला गत साता गुप्तचर प्रमुखहरूले पनि बैठक गरेका हुन्। सुरक्षासम्बन्धी विषयमा छलफल हुने सांग्रिला डायलगका क्रममा यसअघि पनि गुप्तचर प्रमुखहरूको बैठक हुने बताइए पनि त्यस्ता बैठक सार्वजनिक हुने गरेका थिएनन्।
रोयटर्सले विभिन्न पाँच वटा स्रोतलाई उद्धृत गर्दै अमेरिकाको नेशनल इन्टेलिजेन्सकी निर्देशक आभ्रिल हेइनस, भारतको रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्त गोयल र चिनियाँ गुप्तचर संस्थाका उच्च अधिकारी पनि बैठकमा सहभागी भएको उल्लेख गरेको छ।
अमेरिका-चीनसँगै र भारत र चीनबीच विभिन्न विषयमा तनाव जारी रहेको भए पनि ती देशका गुप्तचर प्रमुखहरूले बैठक गरेका हुन्।
‘विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरूमा कुरा गर्नका लागि यो बैठक महत्वपूर्ण हो,’ बैठकबारे जानकार एक अधिकारीले भने, ‘जुनजुन मुलुकका प्रतिनिधिहरू सहभागी भएका छन्, यसले उनीहरूलाई एकअर्काको नियत र उनीहरूको बटम लाइन के हो भन्ने गहिरो गरी बुझ्ने अवसर दिएको छ।‘
सांग्रिला डायलगमा विभिन्न ४९ देशका ६०० जना प्रतिनिधि सहभागी थिए। डायलगमा युक्रेनका उपरक्षा मन्त्री भोलोदिमिर हाभ्रिलोभ पनि सहभागी थिए तर उनी गुप्तचर प्रमुखको बैठकमा सहभागी थिएनन्। उक्त बैठकमा रूसका गुप्तचर प्रमुख पनि सहभागी नभएको बताइएको छ।
सिंगापुरको रक्षा मन्त्रालयका एक जना प्रवक्ताले सांग्रिला डायलग विभिन्न देशका गुप्तचर प्रमुखहरूको पनि भेटघाट गर्ने अवसर भएको बताएका छन्।
‘सिंगापुरको रक्षा मन्त्रालयले यस्ता द्विपक्षीय र बहुपक्षीय बैठकहरूका लागि सहजीकरण गरिदिन सक्छ,’ उनले भने, ‘डायलगको साइडलाइनमा हुने बैठकहरू सहभागीका लागि धेरै फाइदाजनक हुन्छन्।‘
अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र न्युजिल्यान्डले गुप्तचर निकायका उच्च अधिकारीहरूको सञ्जाल बनाएका छन्। जसलाई उनीहरू फाइभ आइज नेटवर्क भन्छन्। फाइभ आइज नेटवर्कका गुप्तचर अधिकारीहरू प्राय: भेटघाट गरिरहन्छन्।
यति ठूलो संख्यामा विभिन्न देशका गुप्तचर प्रमुखले बैठक गर्ने घटना बिरलै हुन्छन् र भए पनि सार्वजनिक हुँदैनन्।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...