ताजा समाचार

राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

१४औँ अधिवेशनको १३औँ बैठक बस्न लागेको हो । बिहान ११ बजेर ११ मिनेटमा सुरु हुने बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनेछन् ।

त्यसपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org