ताजा समाचार

बाबा रामदेवले भनेः प्रचण्ड शान्ति र क्रान्तिका नायक हुन्

काठमाडाैँ । योग गुरू बाबा रामदेवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शान्ति र क्रान्तिका नायक भएको बताएका छन ।

आजदेखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा बोल्दै बाबा रामदेवले प्रचण्ड शान्ति र क्रान्तिको नायक भएको बताएका हुन ।

साथै उनले आफू निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्न चाहेको बताए। उनले भने, ‘निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्छु, तपाईंले गरेका हरेक काममा मेरो सहयोग हुन्छ।’

यस्तै, सम्मेलनमा भाग लिन रामदेवसँगै आएका आचार्य बालकृष्णले जीवनमा एकपटक खप्तड हेर्न जानुपर्ने बताए। प्रधानमन्त्रीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, कांग्रेस नेता रमेश लेखक, एमाले नेता भीम रावलको उपस्थिति छ। सम्मेलन तीन दिनसम्म चल्नेछ।

सुदूरपश्चिम प्रदेश सरकार तथा खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा तथा नेपाल पर्यटन बोर्ड, स्थानीय तहहरूको समन्वयमा सम्मेलन आयोजना गरिएको हो।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org