ताजा समाचार

पहिलो सिजनमै च्याम्पियन बन्यो चर्च ब्वाइज

काठमाडौँ । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार भएको खेलमा थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेलेसँगै चर्च ब्वाइजले पहिलो प्रयासमै लिगको उपाधि जितेको हो ।

चर्च ब्वाइजले एक खेलअगावै लिगको उपाधि चुमेको हो । चर्च ब्वाइजले २५ खेलबाट ४५ अंक जोडेर विजेता बनेको हो ।

उसले साविक विजेता मछिन्द्रलाई पछि पार्दै लिगको उपाधि उचालेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org