‘नागकिरता विधेयकका सम्बन्धमा रास्वपा कुनै समुदायको विरुद्धमा छैन्’: रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकता विधेयकका सम्बन्धनमा आफ्नो पार्टी कुनै समुदायको विरुद्धमा नरहेको स्पष्टीकरण दिएका छन् ।
संसदमा जारी बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले नागरिकता विधेयकका सन्दर्भमा रास्वपा मधेशी नागरिकविरुद्ध छ भन्ने भाष्य जबरजस्ती स्थापित गर्न खोजिएको बताए ।
उनले आफू राजनीतिमा नहुँदा पनि सधैँ पीडित मधेशी जनताको पक्षमा रहेको बताए । ‘नागकिरता विधेयकका सम्बन्धमा रास्वपा कुनै समुदायको विरुद्धमा छ भन्ने भाष्य जबरजस्ती निर्माण गरेर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको छ,’ उनले भने, ‘त्यसो गर्नेहरुलाई म यसो मात्र भन्न चाहन्छु– राजनीतिमा नहुँदा पनि प्राकृतिक विपद्, वैदेशिक रोजगारीका साथै मिटरब्याज जस्ता समस्यामा हामी आवाजविहीन मधेशी जनताको पक्षमा उभिएको संसारलाई थाहा छ ।’
गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेलगत्तै रास्वपाले राष्ट्रपतिको कदमको विरोध गर्दै विज्ञप्ति निकालेको थियो । रास्वपाले नागरिकता विधेयकलाई राष्ट्रहितविपरीतको संज्ञा दिएको छ ।
सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल लागू नगर्नु भन्दै अल्पकालीन आदेश दिएपछि यतिबेला मधेश आन्दोलित छ । मधेशमा नागरिकता पीडितहरुले रास्वपालगायत एमाले, राप्रपाको विरोध गरिरहेका छन् ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...