ताजा समाचार

मेयर बालेनको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

काठमाडाैँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्।

बिहीबार सभा गृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको एक सचिवालय सदस्यले  बताए।

‘भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर उहाँले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्ने भन्नुभएको थियो,’ उनले भने, ‘त्यही भएर स्वतन्त्र मेयर भएका कारण ‘टिट फर ट्याट’ गर्न सचिवालयमा ग्रेटर नेपालको नक्सा राखिएको हो।’

यस्तै नेपालको नक्सा पनि पुरानो भइसकेको हुँदा ग्रेटर नेपालको नक्सा राखी पुनःस्थापना गरिएको उनले बताए। मेयर बालेन शाह भने अहिले भारतको बैंगलुरूमा छन‍्‍।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org