इलाममा भएको घटनाबारे सरकारको ध्यानाकर्षण
काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको उपनेता राम रानामाथि आज इलाममा भएको आक्रमणको प्रयासबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले उक्त घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराउन माग गरेपछि उपसभामुख रानाले ध्यानाकर्षण गराउनुभएको हो ।
आर्थिक वर्ष २०८० र ८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल चलिरहेका बेला एमालेका सांसदले उठेर विरोध जनाउनुभएको थियो । एमालेका प्रमुख सचेतक पदम गिरीले एमाले कोशी प्रदेश संसदीय दलको उपनेता राम रानालाई आज इलाममा आक्रमण गर्ने प्रयास भएको बताउँदै घटनाको यथार्थ विवरणका बारेमा गृहमन्त्रीले संसद्मा जानकारी नगराए भोलिदेखि संसद् चल्न नदिने बताउनुभयो । साथै उदयपुरमा पनि कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारमाथि पनि आक्रमणको प्रयास भएको उहाँको दाबी छ ।
बजेटमाथिको सामान्य छलफलका क्रममा सांसदहरुले रणनीतिक महत्वका विषयमा ध्यान दिन र पर्यटन उद्योगलाई केन्द्रिकृत गर्नु सुझाव दिनुभयो । अधिकांश सांसदहरुले सार्वजनिक खरिद ऐनलाई टेकेर निर्वाचन पूर्वाधार क्षेत्र कार्यक्रमको बजेट खर्च गरिनुपर्ने भन्दै एउटा पालिकामा एउटा स्मार्ट विद्यालयको कार्यक्रम बजेटमा राम्रो भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभयो ।
आजको बैठकमा सांसदहरु रेखा यादव, मेटमणि चौधरी, सर्वेन्द्रनाथ शुक्ल, अरुणकुमार चौधरी, श्यामकुमार घिमिरे, रघुजी पन्त, सञ्जयकुमार गौतम, ईश्वरबहादुर रिजाल, रामकृष्ण यादव, अच्युत मैनाली, दुर्गा राई, राजु थापा, जुलीकुमारी महतोलगायतले विचार राख्नुभएको छ ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...