ताजा समाचार

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ  ।आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।

संघीय संसद्‌ भवन, बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११:०० बजे बस्नेछ ।

आज बस्ने बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहनेछ।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेट माथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । हालसम्म उक्त बजेटमा १ सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा राखिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org