ताजा समाचार

न्युज अभियानका सम्पादक भण्डारीले पाए न्याय

काठमाडौं ।  सम्पादक छायाचन्द्र भण्डारीले विद्युतीय कारोबार सम्बन्धी मुद्दामा न्याय पाएका छन् ।

न्युज अभियान डटकमका सम्पादक  भण्डारीले जिल्ला अदालतमा साइबर ब्यूरोले दायर गरेको मुद्दामा न्याय पाएका हुन् ।

विद्युतीय कारोबार सम्बन्धी दायर गरेको उक्त मुद्दामा काठमाडौं जिल्लाका न्यायाधीश केशवप्रसाद घिमिरेले आज अन्तिम आदेशको फैसला मार्फत बादी तर्फको दाबी नपुग्ने भन्दै भण्डारीको पक्षमा फैसला गर्नुभएको हो ।

सम्पादक भण्डारीलाई जिल्ला अदालत काठमाडौंमा साईबर क्राइम सम्बन्धमा साईबर ब्युरोले गत २०७९ भाद्रमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दाको बहस बरिष्ठ वकिल अनन्त राज लुईटेल, वकिल भक्ती घिमिरेले गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ केन्द्र र जिल्ला ,प्रेस काउन्सिल नेपाल, नेपाल प्रेस युनियन, एसियन हुमनराइट्स कमिसन, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशिल पत्रकार संघलगायतका संघ संस्थाले भण्डारीलाई विद्युतीय कारोबार मुद्दा लगाइएको सम्बन्धमा आपत्ति प्रकट गरेका थिए ।

समाचार लेखेकै आधारमा झुठ्ठा मुद्दामा फसाउने योजना सम्मानित अदालतको फैसलाले असफल तुल्याएको छ ।

समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपाल हुँदै अदालत जाने बाटो खुल्ला हुँदाहुदै शक्तिको दुरुपयोग गरी विद्युतीय कारोबार सम्बन्धी मुद्दा दर्ता भएकोमा सर्वत्र भत्सर्ना भएको थियो  ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org