ताजा समाचार

‘नामुद ठग’ हुमनाथ कोइराला पक्राउ

काठमाडौं । विकोइ बिल्डर्सका सञ्चालक हुमनाथ कोइराला ठगी मुद्दामा जेल परेका छन्। ।
गत जेठ ४ गते उनलाई झापा प्रहरीले पक्राउ गरि हिरासतमा राखेको हो । झापाकै मदन कुमार अधिकारी, गिता अधिकारी पौडेलसहित ८ जना व्यक्तिलाई ठगी गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

ठगी अभियोगमा पक्राउ परेका कोइराला काठमाडौं भ्युटावर बनाउने कम्पनि विकोइ बिल्डर्सका मालिक हुन् ।

उनले अधिकारीको नाममा रहेको झापाको सााविक मधुमल्ला ६ ख हाल कमला गाउँपालिका वडा नम्बर ५ मा पर्ने कित्ता नम्बर २०१०,२०११, २०१३,२०१४, १४९३ लगायतको जम्मा १ रोपनी १३ आना जग्गा १ करोड रुपैयाँ दिएर राजिनामा पास गरेर लिएका थिए ।

उक्त ३ करोड ७५ लाख रुपैयाँमा डिल भएको र उक्त रकम कोइरालाले तिर्नुको सट्टा गुणराज थापा लगायत व्यक्तिलाई विक्री गरेका थिए ।

त्यति मात्रै होइन जग्गा विक्री गरेपछि अधिकृत वारेश नामा नदिई जग्गासमेत नदिएपछि उनीहरुले गत चैत्रमा प्रहरीमा जाहेरी दिएका हुन् । जिल्ला सरकारी वकिल कार्यालय झापाले उनी विरुद्ध ७ करोड १५ लाख रुपैयाँको विगो दाबी सात वर्षसम्म कैद सजायको माग गरेको छ ।

स्रोतका अनुसार उनी विरुद्धको मुद्दामा जिल्ला अदालत झापामा थुनछेक बहस चलिरहेको छ । शुक्रबार भएको बहसमा उक्त मुद्दा हेर्दाहेर्दैमा रहेको झापा जिल्ला अदालत स्रोतले बताएको छ ।

कोइराला र ठेकेदार मनोज भेटवालको संयुक्त लगानी रहेको विकोई बिल्डर्सले काठमाडौंको पुरानो बसपार्कस्थित भ्युटावर बनाउँदैछ ।

कोइराला काठमाडाैँमा पनि विभिन्न व्यक्तिहरुबाट यो या त्यो वाहानामा पैसा असुल गर्दै ठगी गर्दै आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org