ताजा समाचार

इप्पानको चुनावमा गणेश कार्की प्यानल घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को चुनाव जेठ ३२ गते हुँदैछ ।

इप्पानको निर्वाचनमा दुइटा प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । एउटा प्यानलको नेतृत्व गरेका छन् गणेश कार्कीले । कार्कीको प्यानलले पूर्णता पाएको छ ।

कार्कीको प्यानलबाट अध्यक्षको उम्मेदवार गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहन डाँगी, उपाध्यक्षहरू आशिष दुलाल, भरत खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी, उत्तम लामाको उम्मेदवारी रहेको छ ।

त्यस्तै, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, सचिव भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, भरत नेपाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी रहेको छ ।

कार्कीको प्यानललाई वर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्य, उद्योग वाणिज्य महासंघका सदस्य तथा ऊर्जा उत्पादक शैलेन्द्र गुरागाईँ, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ललगाएतको समर्थन रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org