ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणः बालकृष्ण खाँणको तर्फबाट थुनछेक बहस आज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणको तर्फबाट आज थुनछेक बहस हुँदै छ ।
खाँणका कानुन व्यवसायीले आज उनको तर्फबाट बहस गर्नेछन् ।

अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको आज छैटौँ दिन हो । आजसम्म थुनछेक बहस सक्न न्यायधीशले आग्रह गरेका छन् । तर, ६ जना अभियुक्तको तर्फबाट बहस गर्न बाँकी रहेकाले आजै थुनछेक बहस सकिने सम्भावना न्यून छ ।

खाँणसहित समशेर मिया, टेकनाथ रिजाल, आङटावा शेर्पालगायतको थुनछेक बहस बाँकी छ ।
कानुन व्यवसायीले आफ्नो पक्षको प्रतिरक्षा गर्दै बहस गरेका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पक्राउ परेका १८ अभियुक्तको तर्फबाट गत बुधबारदेखि बहस भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org