ताजा समाचार

इप्पानको निर्वाचनः उपमहासचिव र कोषाध्यक्षसहित तीन महिला सदस्य निर्विरोध चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र मासचिवमा २/२ जनासहित ३८ जनाको उम्मेदवारी परेको छ ।

२५ सदस्यीय कार्यसमितिको अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको छ। वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सूर्यप्रसाद अधिकारीको उम्मेदवारी पर्दा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी परेको छ। वरिष्ठ उपाध्यक्ष स्वत: अर्को कार्यकालमा अध्यक्ष व्यवस्था छ।

उपाध्यक्षमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम ब्लोन लामा, रामप्रसाद आचार्य, वीरेन्द्र मल्ल र दीपेन्द्रबहादुर बमको उम्मेदवारी परेको छ। ५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ।

उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्षमा नरेन्द्रबल्लभ निर्विरोध भइसकेका छन्।

५ जना सचिवको लागि ६ जनाको उम्मेदवारी परेको छ। सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उम्मेदवारी परेको छ।

१० जना सदस्यहरूको लागि १७ जनाको उम्मेदवारी परेको छ। सदस्यहरूमा टेकनाथ आचार्य, विजयमोहन भट्टराई, भरत पराजुली, कुवेरमणी नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, शकुन्द ओझा, दीपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सीताराम तिमिल्सिनाको उम्मेदवारी दर्ता गरेका छन् ।

३ जना महिला सदस्यमा ईशा श्रेष्ठ, सुशन कर्माचार्य र सुमन जोशी निर्विरोध चयन भइसकेका छन्।

अध्यक्ष र उपाध्यक्षसहित सदस्यहरूको लागि यहि जेठ ३२ गते निर्वाचन हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org