ताजा समाचार

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ भोलि हुने

कठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सुनुवाइका लागि बिहीबार बोलाएको छ ।

समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज उजुरीकर्ताबाट सातजनाले व्यक्तिगतरूपमा र अरूले सामूहिक रूपमा उजुरीबारे स्पष्ट पारेका छन् ।

हरिकृष्णलाई भोलि बिहान ८ बजे समितिमा बोलाइएको उनले जानकारी दिए । आज सातजनाले व्यक्तिगत र अरूले सामूहिक रूपमा राख्नुभयो । भोलि ८ बजे हरिकृष्ण कार्कीलाई समितिमा कार्ययोजना प्रस्तुत गर्न बोलाएका छौँ, उनले भने ।

समितिले अनुमोदन गरे उनी प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुने छन् । समितिको अनुमोदनसँगै उनलाई राष्ट्रपतिले नियुक्त गर्ने छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org