ताजा समाचार

कोर्टलाई अनावश्यक बदनाम गर्ने गरी आलोचना गरिन्छ भने स्वीकार्य हुँदैनः कार्की

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कसैलाई बदनाम गर्ने गरी आलोचना स्वीकार्य नहुने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले प्रश्न गरेपछि जवाफमा उनले यस्तो बताएका हुन् ।

उनले आफू आलोचनाको स्वागत गर्ने मान्छे भएको पनि बताए । अदालतका फैसलाको विश्लेषणात्मक र सैद्धान्तिक छलफल गर्न उनले आग्रह गरे । यसले मात्र न्यायपालिका स्वच्छ हुनेमा उनले जोड दिए ।

“म सधैँ आलोचनाको स्वागत गर्ने मान्छे हो । म सधैँ हाम्रा फैसलाको विश्लेषणात्मक र सैद्धान्तिक छलफल गर्नुहोस भन्छु । यसले मात्र न्यायपालिका स्वच्छ हुन्छ, म सबैसँग आह्वान गर्छु,” उनले भने, “तर, दर्शन, सिद्धान्त, तथ्यमा हुनुपर्छ । तर, कसैलाई बदनाम गर्ने गरी हुन्छ भने स्वीकार्य हुँदैन ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org