ताजा समाचार

यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी पाललाई निलम्बन

काठमाडाैँ । गृह मन्त्रालयले यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी योगबहादुर पाललाई निलम्बन गरेको छ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले शुक्रबार निलम्बन गरेको हो।

नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा गत १९ जेठमा उनले सोही कार्यालयमा कार्यरत एक महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेका थिए।

बिदामा जान लागेकी कर्मचारीलाई निवासमा बोलाएर ‘तिमी मलाई मन पर्‍याे आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै दुर्व्यवहार गरेका थिए।

महिलाको उजुरीका आधारमा छानबिन गर्दा एसएसपीको गल्ती देखिएपछि उनलाई निलम्बन गरिएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org