ताजा समाचार

मेयर बालेनलाई नागरिक उड्डयन प्राधिकरणले सोध्यो स्पष्टीकरण

काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरका मेयर बालेन शाहलाई स्पष्टीकरण सोधेको छ।

विमानस्थल क्षेत्रमा प्राधिकरणलाई कुनै जानकारी नदिई फेन्सिङ तार काटेपछि मेयर बालेन शाहलाई स्पष्टीकरण सोधिएको हो। उनलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ।

बिहीबार नगर प्रहरी उपरीक्षक राजु पाण्डेले कुनै जानकारीबिना अन्य नगर प्रहरीलाई तार काट्न लगाएको प्राधिकरणको भनाइ छ।

प्राधिकरणका कर्मचारीले तार नकाट्दा अनुरोध गरेता पनि नगर प्रमुखको आदेशबमोजिम आफूहरूले सो कार्य गरेको उनीहरूले बताएका थिए।

प्राधिकरणले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो? यो पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नुहुन प्राधिकरणको मिति २०८० / ०२ / ३२ को निर्णयानुसार जानकारी गराइन्छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org